Kathmandu Press

कपिलवस्तुमा कृष्णनगरमा कांग्रेसको नेतृत्व

कपिलवस्तु, जेठ ६ : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत...
कपिलवस्तुमा कृष्णनगरमा कांग्रेसको नेतृत्व

कपिलवस्तु, जेठ ६ : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरेका हुन्।

विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गरिन् ।

कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीन/तीन, माओवादी र जसपाले दुई/दुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एक/एक वडा जितेका छन्। 

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्