रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार रहेका बैठा पक्राउ
काठमाडौं, जेठ ६ : रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६...
काठमाडौं, जेठ ६ : रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् ।
बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका२ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो ।
प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











