Kathmandu Press

अफ्ताब आलमका छोरा राजीक राजपुर नगरपालिकाको मेयर निर्वाचित 

अफ्ताब आलमका छोरा राजीक राजपुर नगरपालिकाको मेयर निर्वाचित 

काठमाडौं, जेठ ६ : रौतहटको राजपुर नगरपालिकाको मेयरमा मोहम्मद राजीक आलम निर्वाचित भएका छन् । मेयरमा निर्वाचित आलम गौर काण्डमा थुनामा रहेका कांग्रेस नेता अफ्ताब आलमका छोरा हुन्। 

शुक्रबार सकिएको मतगणनामा आलम ६ हजार ३३५ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मोहम्मद जैर आलमले ३ हजार ७५१ मत पाए ।

उपमेउरमा कांग्रेसकी जमिला असगरी ६ हजार २६८ मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेकी शेख नसरुल्लाहले २ हजार ७७५ मत पाइन् ।

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्