सिन्धुलीको कमलामाई मेयरमा कांग्रेसका पोखरेल र उपमेयरमा एमालेकी देवकाेटा
काठमाडौं, जेठ ६ : सिन्धुलीको कमलामाई नगरपालिका मेयरमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार पोखरेल विजयी भएका छन्।पोखरेलले १४ हजार १ सय ८७ मत ल्याउँदा उनका...
काठमाडौं, जेठ ६ : सिन्धुलीको कमलामाई नगरपालिका मेयरमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार पोखरेल विजयी भएका छन्।
पोखरेलले १४ हजार १ सय ८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेन्द्रदेव श्रेष्ठलाई १ हजार ६ सय ११ मतान्तरले पराजित गरेका हुन्। पराजित श्रेष्ठले १२ हजार ५ सय ७६ मत ल्याए।
यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मन्जु देवकोटा १२ हजार ६ सय ९४ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार दीर्घराज श्रेष्ठले ११ हजार ६ सय ८७ मत ल्याए।
प्रकाशित मिति: १५:२५ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











