तुलसीपुरमा ३,७४१ मत गन्दा एउटै वडामा ९०६ बदर
दाङ, जेठ ६ : दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन्।तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो...
दाङ, जेठ ६ : दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन्।
तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो बदर भएको उक्त मत उपप्रमुखको हो तुलसीपुर-५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए। उनका अनुसार यो बदर मत अत्यधिक हो।
त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भए तुलसीपुर–१ बाट ३९६, तुलसीपुर–२ बाट ३६४ मत बदर भएका छन् यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उनले बताए।
प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











