Kathmandu Press

जुम्लाका २६ वडामा कांग्रेस, १९ वटामा माओवादी केन्द्र र ६ वटामा एमालेको जित

जुम्ला, जेठ ६ : आठ स्थानीय तहमध्ये कांग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी...
जुम्लाका २६ वडामा कांग्रेस, १९ वटामा माओवादी केन्द्र र ६ वटामा एमालेको जित

जुम्ला, जेठ ६ : आठ स्थानीय तहमध्ये कांग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ। नेकपा माओवादी केन्द्रले दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजयी बनेर दोस्रो पार्टी बन्न सफल भएको छ।  

यस्तै नेकपा एकीकृत समाजवादीले यहाँ गुठीचौर गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा निर्वाचित भएर तेस्रो पार्टी बन्न पुगेको छ। एमालेले जिल्लाका कुनै पनि स्थानीय तहका प्र्रमुख उपप्रमुखमा जित हासिल गर्न सकेको छैन।

एमालेले जिल्लाका ६ वडामा मात्र आफ्नो जित हासिल गर्न सफल भएको छ। जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा राजुसिंह कठायतले स्वतन्त्रबाट जित हासिल गरेका छन्।

नेमकिपा एक वडा र स्वतन्त्र दुई वडामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले २२ वडा जितेर पहिलो पार्टी बनेको थियो। 

नगरका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण

चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई मतगणना सकिएपछि प्रमाणपत्र वितरण गरेको छ।
 
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीय जवाहरप्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्कासहितका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन्।

जिल्लाको एकमात्र नगरपालिका चन्दननाथमा नवनिर्वाचित ५२ जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र वितरण गरिएको हो। प्रमाणपत्र ग्रहण गर्दै नगरप्रमुख कठायतले आफू भाषणभन्दा पनि काममा जोड दिने बताए।

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्