कालीकोटको पचालझरना गाउँपालिकामा माओवादी विजयी
कालीकोट, जेठ ६ : कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना...
कालीकोट, जेठ ६ : कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका हुन्।
गाउँपालिकाको अध्यक्षमा शाही २ हजार ३६२ मत ल्याएर विजयी भएका छन् र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष शाहीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बुढाले दुई हजार ७२९ मत ल्याएका थिए। उपाध्यक्ष बमका निकटतम् प्रतिद्वन्द्वी एमालेका रन रोकायाले एक हजार २३६ मत ल्याएका थिए।
यस गाउँपालिकामा माओवादी केन्द्र एक्लै निर्वाचनमा गएको थियो भने कांग्रेस र एमालेले गठबन्धन गरेका थिए। नौ वडा रहेको यस गाउँपालिकामा आठ वडामा माओवादी केन्द्र विजयी भएको छ भने एउटामा कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।











