तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो
काठमाडाैं, कात्तिक ८ : तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य....

काठमाडाैं, कात्तिक ८ : तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रबार प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ६०० ले बढेर ७१ हजार रूपैयाँ पुगेको छ।
बिहीबार छापावाला सुन प्रतितोला ७० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुनको मूल्य पनि ६ सय रुपैयाँले नै वृद्धि भई प्रतितोला ७० हजार ७ सय रुपैयाँ पुगेको छ। बिहीबार तेजाबी सुन ७० हजार ७०० मा खरीदबिक्री भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भई प्रतितोला ८ सय ६० रूपैयाँमा खरीदबिक्री भइरहेको महासंघले जनाएको छ।










-1754206481.jpg)
