Kathmandu Press

महोत्तरीकाे सम्सीमा जसपा  र सोनमामा लोसपा विजयी

महोत्तरीकाे सम्सीमा जसपा  र सोनमामा लोसपा विजयी

महोत्तरी, जेठ ६ : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका जिल्लाको सम्सीमा जसपा नेपालका रामनाथ यादवले तीन हजार ८९३ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले दुई हजार ५८२ मत ल्याएका छन्।

त्यस्तै उपाध्यक्ष पदमा जसपा नेपालकै अनिता कुमारीले तीन हजार २९५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उर्मिला देवी साहले २ हजार ६८२ मत ल्याएकी छन्।

यसैक्रममा जिल्लाको सोनमा गाउँपालिकामा लोकतान्त्रिक पार्टी नेपालका विशेश्वर यादवले ४ हजार १०८ मत ल्याएर अध्यक्ष पदमा विजयी प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोकुल यादवले ३ हजार २४३ मत ल्याए।

त्यस्तै उपाध्यक्ष पदमा लोसपा नेपालकै जहिदा खातुनले ३ हजार २९८ मत ल्याएर विजयी भएका छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रञ्जिता देवीले ३ हजार २४३ मत ल्याएका छ।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्