काठमाडाैं महानगर वडा ३२ मा एमालेका पुरानै जनप्रतिधि
काठमाडाैं, जेठ ६ : मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा ३२ को मतपरिणाम सार्वजनिक भएको छ।गणना सुरु भएको एक...
काठमाडाैं, जेठ ६ : मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा ३२ को मतपरिणाम सार्वजनिक भएको छ।
गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार एमालेका उम्मेदवार नवराज पराजुलीसहित प्यानल नै विजयी भएको छ।
उनी नेकपा एकीकृत समाजवादीका निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल (पराजुली) लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन्।
यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो। अध्यक्षमा विजयी भएका पराजुलीले ५ हजार २२५ मत प्राप्त गरे भने कँडेलले ३ हजार १०८ मत प्राप्त गरेको बताइएको छ।
त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी हुनुभएको छ। महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी भएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए।
हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ। अहिले वडा ६, ७, ८, २७, २९ र ३१ को मतगणना कार्य जारी छ। वडा १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ।











