Kathmandu Press

धनुषाको नगराइन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

धनुषा, जेठ ६ : धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ।प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६...
धनुषाको नगराइन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

धनुषा, जेठ ६ : धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ।

प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम  प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिए। 

यसैगरी उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित भएकी छन्। उनका निकटतम  प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गरिन्। 

प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्