Kathmandu Press

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु 

काठमाडौं, जेठ ६ : स्थानीय तहमा जनप्रतिनिधिको पहिलो कार्यकाल सकिएको छ । २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार (जेठ ५) गते...
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु 

काठमाडौं, जेठ ६ : स्थानीय तहमा जनप्रतिनिधिको पहिलो कार्यकाल सकिएको छ । २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार (जेठ ५) गते सकिएको हो  । 

आजदेखि नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । नवनिर्वाचित जनप्रतिनिधिले जेठ ५ २०८४ सम्म काम गर्नेछन् । 

जनप्रतिनिधिको  दोस्रो कार्यकाल सुरु भएपनि देशभरबाट नतिजा आउने क्रम भने जारी छ । शुक्रबार बिहानसम्म देशभरका ६ सय २ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। अब १ सय ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।  


 

प्रकाशित मिति: ११:११ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्