Kathmandu Press

एमालेको गढ मानिने पनौती नगरपालिकामा कांग्रेसले मेयर जित्यो 

उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भएकी छन्।
एमालेको गढ मानिने पनौती नगरपालिकामा कांग्रेसले मेयर जित्यो 

काठमाडौं, जेठ ६ : नेकपा एमालेको बलियो प्रभाव मानिने काभ्रेको पनौती नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार पनौतीमा नेपाली कांग्रेसका उम्मेदवार रामशरण भन्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका भीम न्यौपानेलाई २ हजार २६७ मतान्तरले पराजित गरे।

भण्डारीले १४ हजार ५० मत ल्याएर विजयी हुँदा एमालेका न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे । 

उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईँलाई २ हजार मतान्तरले पराजित गरिन् । बन्जाराले १२ हजार ३३७ मत प्राप्त गरिन् भने हुमागाईंले  १० हजार ३८८ मत ल्याए ।

नेपाली कांग्रेसले चार वटा वडा जितेको छ भने एमालेले सातवटा वडा जितेको छ । नेकपा एकीकृत समाजवादीले भने एउटा वडा जितेको छ ।

प्रकाशित मिति: १०:५४ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्