दुहबीमा कांग्रेस वेदनारायण गच्छदार विजयी
सुनसरी, जेठ ६ : सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका वेदनारायण गच्छदार र उमेयरमा मेनुका पोखरेल विजयी भएका हुन्।मेयरमा...
सुनसरी, जेठ ६ : सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका वेदनारायण गच्छदार र उमेयरमा मेनुका पोखरेल विजयी भएका हुन्।
मेयरमा विर्नाचित भएका गच्छदारले ११ हजार ९ सय १६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनयकुमार पोखरेलले ११ हजार ४ सय ६१ मत प्राप्त गरे। गच्छदार लगातार दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन्।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पोखरेल ११ हजार ९६ मतसहित प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सरोजकुमार सिंहले ५ हजार ४४ मत प्राप्त गरे।
प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











