केपी ओलीकै गृहनगर दमकमा एमाले पराजित : मेयरमा राप्रपा, उपमेयरमा कांग्रेस विजयी
शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार दमकको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भइन् ।
काठमाडौं, जेठ ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमै एमाले पराजित भएको छ । झापाको दमक नगरपालिकाको मेयर उपमेयर दुबैमा एमाले पराजित भएको हो ।
शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार दमकको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भइन् ।
मेयर निर्वाचित थापाले १४ हजार ५७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी पौडेलले १३ हजार ७०० मत ल्याइन् । त्यस्तै उपमेयर निर्वाचित भट्टराईले १३ हजार ९३१ मत प्राप्त गर्दा एमालेका अम्बिकाप्रसाद खनालले १३ हजार ५३६ मत ल्याए ।
एमालेलाई पराजित गर्न दमकमा थापा कांग्रेस, माओवादीसहित ६ दलीय गठबन्धनबाट चुनावी मैदानमा थिए।
प्रकाशित मिति: १०:१६ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार