नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्ट निर्वाचित
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्।
नेपालगञ्ज, जेठ ६ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका विष्टले २३ हजार ४६० मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपति दयाल मिश्रले ११ हजार ६७५ मत पाएका छन्।
त्यस्तै, उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का मरुद्दिन राई निर्वाचित भएका छन्। उनले १७ हजार ९५० मत पाएका छन्।
नेपालगञ्जमा जसपाले ६, कांग्रेसले पाँच, माओवादीले चार, एमालेले पाँच र राप्रपाले तीन वडाध्यक्ष जितेको छ।
प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











