सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी
वीरेन्द्रनगर, जेठ ६: सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई...
वीरेन्द्रनगर, जेठ ६: सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विर्नाचित भएका हुन्। चन्दले ६ हजार १७० तथा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे।
उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ पाइन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादीका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे। नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांग्रसले चार वडामा जित हासिल गरेको छ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष÷उपाध्यक्षमा एमाले उम्मेदवार नै निर्वाचित भएका थिए ।
प्रकाशित मिति: ०७:१३ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











