वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै
पर्सा, जेठ ५ : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता...
पर्सा, जेठ ५ : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन। नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उनीसँग प्रतिस्पर्धामा छन।
महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ। कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मत परिमाण आउन बाँकी छ।
पर्सामा कूल १४ पालिका छन्। तीमध्ये केही पालिकाको मतपरिणाम निम्न छन् :
बहुदर माई नगरपालिका
बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंगासन साह तेली निर्वाचित भएका छन। तेलीले छ हजार चार मत पाएका छन भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शिवप्रसाद पटेलले पाँच हजार ६५८ मत प्राप्त गरे।
यसैगरी उपप्रमुख पदमा एमालेकी उम्मेदवार सुस्माकुमारी कुशवाहा निर्वाचित भइन। छ हजार ४४० मतका साथ कुशवाह उपाध्यक्षमा पदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सोनामती देवी यादवले पाँच हजार ५२५ मत प्राप्त गरिन।
पोखरिया नगरपालिका
यस नगरपालिकाको नगर प्रमुख पदमा एमालेका उम्मेदवार प्रद्युम्न चौहान विजयी भएका छन। चौहानले पाँच हजार ३२४ मत प्राप्त गरी विजयी हासिल गरेका हुन भने, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं निवर्तमान प्रमुख दीपनारायण रौनियारले तीन हजार १२१ मत प्राप्त गरे।
यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार रुवीकुमारी ठाकुर पाँच हजार १९५ मतका साथ विजयी बने। उनका निकटतम प्रतिस्पर्धी रेहना खातुनले तीन हजार ९२९ मत प्राप्त गरे।
विन्दवासिनी गाउँपालिका
विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रमोद तिवारी विजयी बनेका छन।
तिवारीले चार हजार १४१ मत ल्याएर विजयी प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विवेक चौरसिया तीन हजार ४६८ मत हासिल गरे।
त्यस्तै उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार ज्योतिदेवी चौरसिया विजयी भइन। चौरसियाले दुई हजार ३६६ मत ल्याएर विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिता चौरसियाले दुई हजार २८७ मत प्राप्त गरिन।
पकहामैनपुर गाउँपालिका
यस गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार सुरेशप्रसाद मेहता निर्वाचित भएका छन। मेहताले चार हजार ६८५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाका उम्मेदवार विजयकुमार चौरसियाले दुई हजार ५२९ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरफुन नेशा चार हजार १४१ मतसहित निर्वाचित भइन। निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले एक हजार ८७२ मत प्राप्त गरिन।
जिराभवानी गाउँपालिका
जिराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी निर्वाचित भए। चौधरीले चार हजार ५६० मत गरे। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार रामप्रीत महतोले तीन हजार २९९ मत प्राप्त गरे।
यसैगरी उपाध्यक्ष पदमा पनि कांग्रेसकी उम्मेदवार रेखा चौधरी विजयी बनेकी छन। चौधरीले चार हजार ७१० मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष एवं एमालेकी उम्मेदवार उषा देवी थरुनीले दुई हजार ९६५ मत प्राप्त गरिन।











