Kathmandu Press

कावासोती नगरपालिकामा एमाले विजयी

कावासोती नगरपालिकामा एमाले विजयी

नवलपरासी,  जेठ ५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। अन्तिम मतपरिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो। कावासोती नगरपालिका प्रमुखमा एमालेका विष्णुप्रसाद भुसाल निर्वाचित भएका हुन। आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोखरेललाई ३०४ मतते पछि पार्दै कावासोतीको नगरप्रमुखमा भुसाल निर्वाचित भएका हुन। निर्वाचित भुसालले १८ हजार ६०८ मत प्राप्त गर्दा पोखरेलले १८ हजार ३०४ मतमात्रै प्राप्त गरे।

त्यसैगरी कावासोती नगरपालिका उपप्रमुखमा पनि एमालेकै उम्मेदवार फूलकुमारी थनेत निर्वाचित भएका छन। नगर उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का पतिराम थनेतलाई पाँच हजार ४६३ मतान्तरले पराजित गर्दै फूलकुमारी उपप्रमुखमा निर्वाचित भएकी हुन। एमालेकी उम्मेदवार फूलकुमारीले १९ हजार २४ मत प्राप्त गर्दा माओवादी केन्द्रका पतिरामले १३ हजार ५६१ मतमात्रै प्राप्त गरे। १७ वटा वडा रहेको कावासोती नगरपालिकामा १२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै, चार वटा वडाध्यक्ष नेपाली कांग्रेस र एउटा वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)ले जितेको छ।

प्रकाशित मिति: १९:५० बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्