Kathmandu Press

सलमानको ‘दबंग-३’ सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं, कात्तिक ८ : सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘दबंग–३’ को ट्रेलर सार्वजनिक भएसँगै सामाजिक संजालमा ट्रोल भइरहेको छ।

....
सलमानको ‘दबंग-३’ सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं, कात्तिक ८ : सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘दबंग–३’ को ट्रेलर सार्वजनिक भएसँगै सामाजिक संजालमा ट्रोल भइरहेको छ।

यो फिल्मको रिलिज हुने मिति डिसेम्बर २० रहेको छ। ट्रेलरमा रहेको डिसेम्बरको ‘स्पेलिङ’ गतल भएपछि सामाजिक संजालमा ट्रोल बनेको हो। विशेष गरेर ट्वीटरमा उनलाई उडाउन थालिएको छ।

यस अघि सलमानको ‘रेस–३’ को विषयलाई लिएर पनि ट्रोल बनेका थिए।

डिसेम्बर २० मा प्रदर्शन हुने ‘दबंग–३’ सन् २०१२ मा बनेको ‘दबंग’कै श्रृंखला हो। यो फिल्म हिन्दीसँगै तमिल र तेलेगुमा पनि प्रर्दशन हुनेछ।

यसमा सलमानसँगै सोनाक्षी सिन्हा, अरबाज खान, सुदीप, महेश मन्जेरकरलगायतका कलाकारको अभिनय रहेको छ। यसलाई प्रभु देवाले निर्देशन गरेका हुन्।

 

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, कात्तिक ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्