Kathmandu Press

‘नीतिगत भ्रष्टाचार अन्त्य गर्छौं’

गुणस्तरीय शिक्षाका लागि पालिकाका सरकारी शिक्षकलाई तालिम दिने, उपयुक्त र व्यावहारिक पाठ्यक्रमको चयन गर्ने उनको योजना छ । 
‘नीतिगत भ्रष्टाचार अन्त्य गर्छौं’

काठमाडाैं, जेठ ५ : खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई निर्वाचित भएकी छन् । गाउँपालिकाको नेतृत्व तहसम्म अरुणा सहज र सरलरेखाबाट आइपुगेकी भने होइनन् । महिला लगायत उत्पीडित वर्गको हकहित र अधिकारका लागि उनी जनयुद्धमा होमिएकी थिइन् । 

०५४ मा दुर्घटना परी उनका श्रीमानको मृत्यु भयो । त्यतिबेला देशमा माओवादी जनयुद्ध चलिरहेको थियो र उनको क्षेत्रमा माओवादी प्रभाव बढ्दो थियो । खोटाङका थुप्रै युवायुवती जनयुद्धमा लागेका थिए । ‘देशमा महिला, दलित लगायत उत्पीडित वर्ग पछाडि पारिएकाले आफ्नो अधिकारका लागि आफैँ लड्नुपर्ने कुरा अग्रजहरूले गर्नुहुन्थ्यो,’ अरुणा भन्छिन्, ‘म पनि ६–७ वर्षको छोरालाई घरमै छाडेर माओवादी जनयुद्धमा लागेँ । आफ्नो ज्यानै जोखिममा राखेर देशमा परिवर्तन ल्याउन संघर्ष गरियो ।’ 

Hardik ivf

जनयुद्धबाट आएका आफूहरूले महिला लगायत उत्पीडित वर्गको समानुपातिक समावेशीको आवाज उठाएको उनी बताउँछिन् । 

‘नीतिगत भ्रष्टाचार अन्त्य गर्छौं’ 

एसएलसीसम्मको अध्ययन गरेकी अरुणा कृषि, बाटोघाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतलाई प्राथमिकतामा राखेर काम गर्ने योजनामा छन् । ‘यहाँ गुणस्तरीय शिक्षाको अभाव छ । यसअघि बजेट सही रूपमा परिचालन हुन नसकेको देखिन्छ,’ अरुणा भन्छिन्, ‘सबैभन्दा पहिले नीतिगत भ्रष्टाचारलाई अन्त्य गर्नुपर्नेछ । भ्रष्टाचारले समाज भित्रभित्रै खोक्रो भइसकेको छ ।’ 

आफ्नो पालिकाको प्रमुख कृषि उत्पादनमा धान र मकै रहेको उनी बताउँछिन् । फलफूलमा सुन्तला प्रमुख पर्छ । ‘सुन्तलाबाटै धेरै कृषकले मनग्गे आम्दानी गरेका छन् । अहिले फलफूल उत्पादन गर्न चाहने र गरिरहेका कृषकका लागि बजारीकरणको प्रमुख समस्या छ,’ उनी भन्छिन्, ‘त्यसैले ठाउँठाउँमा कृषि केन्द्र बनाएर बजारीकरणको समस्यालाई हटाउने र बालीमा लाग्ने रोग, कीरालाई नियन्त्रण गर्ने सोच छ ।’ 

गुणस्तरीय शिक्षाका लागि पालिकाका सरकारी शिक्षकलाई तालिम दिने, उपयुक्त र व्यावहारिक पाठ्यक्रमको चयन गर्ने उनको योजना छ । 
 

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्