Kathmandu Press

मण्डनदेउपुर मेयरमा एकीकृत समाजवादीका वाइबा र उपप्रमुखमा कांग्रेसका नेपाल

बनेपा, जेठ ५ : स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको परिणामअनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रमुख र उपप्रमुख दुवै...
मण्डनदेउपुर मेयरमा एकीकृत समाजवादीका वाइबा र उपप्रमुखमा कांग्रेसका नेपाल

बनेपा, जेठ ५ : स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको परिणामअनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रमुख र उपप्रमुख दुवै विजयी भएका छन्। 

आज सम्पन्न मतगणनाको परिणामअनुसार प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा र उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका हुन्।

गठबन्धन दलका प्रमुख पदको उम्मेदवार वाइबाले नौ हजार ४०६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत प्राप्त गरे।

त्यस्तै गठबन्धन दलका उपप्रमुखका कांग्रेसका नेपालले ११ हजार ३०५ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका सरिता ढकालले ६ हजार ९२४ मत प्राप्त गरेका छन्। 

नगरपालिकाको वडा १ अध्यक्षमा एमालेका शिवप्रसाद ढकाल ६२० मत प्राप्त गरी विजयी भए भने वडा २ मा नेपाली कांग्रेसका राजकुमार मल्लले ५०३ मत, वडा ३ मा कांग्रेसकै पुरुषोत्तम बजगाइले ६८८ मत, वडा ४ मा एमालेका मैते सिं तामाङले ६२३ मत, वडा ५ मा एमालेकै हर्कबहादुर लामाले ७०५ मत र वडा ६ मा कांग्रेसका सोमप्रसाद ढकालले ८०१ मत प्राप्त गरी विजयी भए। 

त्यसैगरी वडा ७ मा एमालेका विष्णुप्रसाद पौडेलले ६७८ मत, वडा ८ मा माओवादी केन्द्रका निरञ्जन विष्टले ५८२ मत, वडा ९ मा कांग्रेसका सीताराम श्रेष्ठले एक हजार १९ मत, वडा १० मा कांग्रेसकै कुमार तामाङले एक हजार ४७ मत, वडा ११ मा कांग्रेसकै दीपेन्द्र लामा तामाङले ६४३ मत र वडा नं १२ मा पनि कांग्रेसकै राजकुमार पराजुलीले ७१५ मत प्राप्त गरी विजय हासिल गरे।

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्