Kathmandu Press

मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्देशन

काठमाडाैं, जेठ ५ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ।बिहीबार आयोजित...
मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्देशन

काठमाडाैं, जेठ ५ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन निर्देशन दिइएको जानकारी दिए।

उनले ५ गतेसम्म सबै स्थानको परिणाम सार्वजनिक गर्ने भनिएपछि सम्भव हुन नसकेको बताए। त्यस्तै वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा चार दिनभित्र मत गणना कार्य सम्पन्न हुने उनले बताए।

त्यस्तै, आयोगले स्थानीय तह सदस्य निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा भएका कानूनविपरीत गतिविधिमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको प्रवक्ता पौडेलले बताए।

प्रवक्ता पौडेलले स्थानीय तह सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहेको र निर्वाचन स्थगन भएका ३५ स्थानीय तहमा पुन मतदान भएको बताए भने अछामको साँफेबगरमा जेठ ६ गते र उदयपुरको त्रियुगा नगरपालिका वडा १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सम्बन्धमा निर्णय हुन बाँकी रहेको जानकारी दिए।

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्