छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाे निष्कर्ष
काठमाडाैं, जेठ ५ : केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भएको छ।सिंहदरबारमा बिहीबार बसेको बैठकले एकै चरणमा शान्तिपूर्ण रूपमा...
काठमाडाैं, जेठ ५ : केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भएको छ।
सिंहदरबारमा बिहीबार बसेको बैठकले एकै चरणमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र पैहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकले निर्वाचनमा सक्रिय सहभागिताका लागि राजनीतिक दलहरूलाई पनि धन्यवाद व्यक्त गरेको छ।
निर्वाचन गराउने सिलसिलामा घाइते भएको सुरक्षाकर्मी तथा कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामनासहित बैठकले समवेदना व्यक्त गरेको पोखरेलले बताए।
स्थानीय तह निर्वाचनका क्रममा खटिएका ५ म्यादी प्रहरी र एक प्रहरीको मृत्यु भएको उहाले जानकारी दिए।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले एकै चरणमा सीमित स्रोत र साधन उपयोग गरेर छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण रहेको बताएका थिए।











