महिला टी-ट्वान्टी क्रिकेट सिरिजमा युगान्डासँग नेपाल पराजित
काठमाडाैं, जेठ ५ : युगान्डाले नेपालविरुद्धको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ।टियु क्रिकेट मैदानमा बिहीबार तेस्रो टी–ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले...
काठमाडाैं, जेठ ५ : युगान्डाले नेपालविरुद्धको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ।
टियु क्रिकेट मैदानमा बिहीबार तेस्रो टी–ट्वान्टीमा नेपाललाई ६ विकेटले हराउँदै युगान्डाले दुई खेल अगाबै सिरिज जितेको हो।
यस जितसँगै युगान्डाले ५ खेलको सिरिजमा ३–० को अग्रता बनाएको छ। नेपालले दिएको १ सय रनको लक्ष्य युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्याे।
युगान्डाको जितमा केभिन विनोले अविजित रहदै ४२ रन जोडिन्। नेपालकी कविता कुँवरले २ विकेट लिइन्। रुबिना क्षेत्री र इन्दु वर्माले १/१ विकेट लिइन्। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन जोडिन्। युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले २/२ विकेट लिए।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शुक्रबार चौंथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ।











