Kathmandu Press

व्यास प्रमुखमा स्वतन्त्र उम्मेदवार जाेशीकाे अग्रता, पछ्याउँदै न्यौपाने

तनहुँ, जेठ ५ : तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन्।हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले १ हजार ३१६...
व्यास प्रमुखमा स्वतन्त्र उम्मेदवार जाेशीकाे अग्रता, पछ्याउँदै न्यौपाने

तनहुँ, जेठ ५ : तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन्।

हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले १ हजार ३१६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिएका छन्। घर्तीले एक हजार ३४ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गरेका हुन्।

चौध वडामध्ये व्यासका वडा १, २, ३ र ४ को मतगणना भइरहेको छ। 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्