Kathmandu Press

स्याङ्जा प्रमुखका तीनै महिला उम्मेदवार पराजित

स्याङ्जा, जेठ ५ : स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन्।११ पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र...
स्याङ्जा प्रमुखका तीनै महिला उम्मेदवार पराजित

स्याङ्जा, जेठ ५ : स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन्।

११ पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीनै महिला पराजित भएका हुन्।

पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका थिए। एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघि नगर प्रमुख थिइन्।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मीलाई पराजित गरेकी क्षेत्री अहिले रेग्मीबाट नै पराजित भएकी हुन्। 

नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेकी रेग्मी १२ हजार ४९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित हुनुभएको हो भने पराजित भएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन्।

त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी भएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसित पराजित भएकी हुन्। गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले ५ हजार २ सय ९१ मत ल्याउँदा उनकी प्रतिस्पर्धी गुरुङले तीन हजार ३४७ मत ल्याए। गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन्।

त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित भएकी छन्। अध्यक्षमा विजयी भएका थापा ६ हजार ७ सय मत ल्याएर विजयी हुँदै गर्दा राना ५ हजार ५५ मत ल्याएर पराजित भइन्।

२०७४ सालको निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी भएकी थिइन्। यो उनको दोस्रो कार्यकाल हो।

यसअघिको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा क्षेत्री मात्रै एकल महिला उम्मेदवार बनी विजयी भए पनि यसपटक क्षेत्री, गुरुङ र राना तीन जना थिए तर काेही पनि अनुमोदित हुन सकिनन्।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्