Kathmandu Press

जनताको मतको सम्मान गर्छु : सिर्जना सिंह

काठमाडौं, जेठ ५ : काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जनताको मतको सम्मान गर्ने बताएकी छन्।राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...
जनताको मतको सम्मान गर्छु : सिर्जना सिंह

काठमाडौं, जेठ ५ : काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जनताको मतको सम्मान गर्ने बताएकी छन्।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले जति मत आए पनि जनताको मतको सम्मान गर्ने बताउनुभएको हो।

उनले महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको धारणा राखे।

उनले केही वडामा राम्रो परिणाम आउनुपर्ने भएपनि केही वडामा सोचेजस्तो मत नआएको जिकिर गरे। उनले मतगणनापछि समीक्षा हुने र अहिले नै निष्कर्षमा पुग्दा हतार हुने उल्लेख गरे।

काठमाडौं महानगरमा ६० हजा बढि मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निकै अगाडि हुनुहन्छ भने एमालेका केशव स्थापीत र कांग्रेसका सिंह तेश्रो स्थानमा छन्।

प्रकाशित मिति: १५:५६ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्