Kathmandu Press

सर्लाहीको गडैता नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा लाेसपा विजयी 

नगरपालिकाको मेयरमा लोसपका उम्मेदवार देवेन्द्र यादव ५ हजार २९४ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहाले ४ हजार ७५२ मत ल्याए ।
सर्लाहीको गडैता नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा लाेसपा विजयी 

काठमाडौं, जेठ ५ : सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पहिलो जित निकालेको छ। जिल्लाको गडैता नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा लोसपाका उम्मेदवारले जित हासिल  गरेको हो। 

नगरपालिकाको मेयरमा लोसपका उम्मेदवार देवेन्द्र यादव ५ हजार २९४ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहाले ४ हजार ७५२ मत ल्याए ।

यस्तै उपमेयरमा लोसपाकै अन्जना कुशवाहा ५ हजार ३ सय १ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामसखीदेवीले ४ हजार ४ सय ९३ मत प्राप्त गरिन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन राजपाले ६ स्थानीय तह जितेको थियो । यस वर्ष भने निर्वाचनमा एक तहमा मात्र सीमित भएको छ ।

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्