Kathmandu Press

पोखरामा आचार्यकाे अग्रता कायमै, उपप्रमुखमा एमालेकी गुरूङ अगाडि

उनलाई एमाले उम्मेदवार कृष्णबहादुर थापाले पछ्याइरहेका छन्।
पोखरामा आचार्यकाे अग्रता कायमै, उपप्रमुखमा एमालेकी गुरूङ अगाडि

काठमाडाैं, जेठ ५ : स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।

पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन्।

उनलाई एमाले उम्मेदवार कृष्णबहादुर थापाले पछ्याइरहेका छन्। थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटकोे २२ हजार १२२ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत पाइसकेकी छन्।

प्रकाशित मिति: १५:२५ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्