Kathmandu Press

सिरहाको कर्जन्हा मेयरमा एमालेका पोखरेल, उपमेयरमा जसपाकी श्रेष्ठ

सिरहा, जेठ ५ : सिरहाको कर्जन्हा नगरपालिका मेयरमा एमालेका भोला पोखरेल विजयी भएका छन्।उनले ३ हजार ३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी...
सिरहाको कर्जन्हा मेयरमा एमालेका पोखरेल, उपमेयरमा जसपाकी श्रेष्ठ

सिरहा, जेठ ५ : सिरहाको कर्जन्हा नगरपालिका मेयरमा एमालेका भोला पोखरेल विजयी भएका छन्।

उनले ३ हजार ३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार केशवप्रसाद साहले ३ हजार २ सय २३ मत ल्याए।

उपमेयरमा जसपाकी लक्ष्मीकुमारी श्रेष्ठ विजयी भइन्। उनले ३ हजार ४८७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी पासवानले ३ हजार ९५ मत पाइन्।

नगरपालिकाका ११ वडामध्ये एमाले ५ वटामा, जसपा ३ वटामा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक÷एक वडामा निर्वाचित भएका छन्।

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्