Kathmandu Press

‘अर्थतन्त्रको सुधारका लागि पहल गरिएन’

काठमाडौं, जेठ ५ : प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी...
‘अर्थतन्त्रको सुधारका लागि पहल गरिएन’

काठमाडौं, जेठ ५ : प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी छ ।

बैठकमा नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले अर्थतन्त्रको सुधारका लागि पहल गर्न नखोजेको भन्दै आपत्ति जनाए । उनले कृषि उतपादन र कृषि उत्पादकत्वमा ध्यान नदिइएको जनाउँदै देशभित्रै रोजगारीको अभिवृद्धि गर्न, विदेशी कामदार ल्याउनै नपर्ने व्यवथा  गर्न माग गरे।  उनले माथिल्लो कर्णालीजस्ता र पश्चिम सेती जलविद्युत ठूला आयोजना आफैँले निर्माण गर्न सुझाव दिए। उनले भने,  ‘सुशासन कायम गर्न सरकारको तर्फबाट विशेष ध्यान दिनुपर्छ।’

सोही दलका सांसद विशाल भट्टराईले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल गर्दा अर्थमन्त्री जनार्दन शर्माको उपस्थिति नभएकामा आपत्ति जनाए। उनको आपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले यसबारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित मन्त्रीलाई उपस्थितिका लागि रुलिङ गरे। अर्थमन्त्री नआउँदासम्म सदनमा उपस्थित अन्य मन्त्रीलाई टिपोट गर्न निर्देशन दिए। 

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्