बागचौर मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

सल्यान, जेठ ५ : सल्यानको बागचौर नगरपालिका मेयरमा नेपाली कांग्रेसका जनकराज गौतम विजयी भएका छन्।
माओवादी केन्द्रका कृतिबहादुर पुनलाई पराजित गर्दै गौतम मेयरमा निर्वाचित भएका हुन्।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी सुम्निमा डिसी निर्वाचित भएकी छन्। उनी नेपाली कांग्रेसकी दीपा बस्नेतलाई पराजित गरेकी हुन्।
१२ वटा वडा रहेको बागचौरमा कांग्रेसले ६, माओवादी केन्द्रले ३, एमालेले २ र नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेका छन् ।
प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











