Kathmandu Press

सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी

लमजुङ, जेठ ५ : जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ।निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद...
सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी

लमजुङ, जेठ ५ : जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको हो। 

सुन्दरबजारमा नवनिर्वाचित कोइरालाले ६ हजार ६४१ मत प्राप्त गर्नुभएको थियो भने  उनका निकटम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरे।

त्यस्तै, उपप्रमुखमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत प्राप्त गर्दै विजयी भए। उनको निकटम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे।

त्यस्तै, मध्यनेपालमा कांग्रेसका पाण्डेले ३३७ मतले एमालेका राजकुमार श्रेष्ठलाई पछि पार्दै विजयी भए। पाण्डेले ६ हजार ५५१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले बताए। पाण्डे यसअघिका प्रमुखसमेत हुन्। प्रमुखमा पराजित श्रेष्ठ यसअघिका उपप्रमुख हुनुहुन्छ। 

त्यस्तै, उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई एक हजार ३४२ मत अन्तरले हराउँदै विजयी भएका छन्। उनले ६ हजार ४१६ प्राप्त गरे भने उनको निकटम प्रतिद्वन्द्वी उपेन्द्रले पाँच हजार ७४ मत प्राप्त गरे। 

सुन्दरबजारमा २० हजार ७९६ मतदाता रहेकोमा १४ हजार ५२ मत खसेको थियो भने मध्यनेपालमा २० हजार ९२ कूल मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो। 

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्