Kathmandu Press

२५२ पालिकामा जित्दै कांग्रेस पहिलाे स्थानमा, ६८ वटामा अग्रता

आज (बिहीबार) अपराह्न १ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी २५२ पालिकामा जित हासिल गरिसक्दा ६८ पालिकामा अग्रता लिइरहेको छ। 
२५२ पालिकामा जित्दै कांग्रेस पहिलाे स्थानमा, ६८ वटामा अग्रता

काठमाडौं, जेठ ४ : स्थानीय तह निर्वाचन-२०७९ निर्वाचनअन्तर्गत हालसम्म २५२ पालिकामा विजय हासिल गर्दै नेपाली कांग्रेस अग्रस्थानमा रहन सफल भएको छ।

आज (बिहीबार) अपराह्न १ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरी २५२ पालिकामा जित हासिल गरिसक्दा ६८ पालिकामा अग्रता लिइरहेको छ। 

कांग्रेसले नगरपालिका उपप्रमुख र गाउँपालिक उपाध्यक्षमा २३४ स्थानमा जितेको छ भने ६५ स्थानमा अग्रता लिइरहेको छ।

दोस्रो स्थानमा रहेको एमालेले प्रमुख र अध्यक्ष गरी १६४ पालिकामा जित हासिल गरेको छ भने ३५ पालिकामा अग्रस्थान कायम गरेको छ। उपप्रमुख–उपाध्यक्षमा एमाले १७४ स्थानमा विजयी भएको छ भने ६० अग्रता कायम गरेको छ। 

तेस्रो स्थानमा माओवादी केन्द्र रहेका छ। माओवादी केन्द्र १०५ स्थानमा विजयी भएको छ भने १३ पालिकामा अग्रस्थानमा छ। हालसम्म माओवादी केन्द्रले उपप्रमुख र उपाध्यक्ष गरी १११ जितेको छ भने १५ स्थानमा अग्रता कायम गरेको छ। 

जनता समाजवादी पार्टी (जसपा) ले १५ वटा पालिका प्रमुखमा जित हात पार्दा १९ स्थानको मतगणनामा अगाडि बढिरहेको छ। जसपाले १५ उपप्रमुख–उपाध्यक्ष तिजेको छ भने सोही पदका लागि १३  स्थानमा अग्रता लिइरहेको छ।  

नेकपा एकीकृत समाजवादीले पनि १२ पालिकामा प्रमुख पद जितिसकेको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ। १४ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितिसकेको एकीकृत समाजवादीले १८
३ स्थानमा अग्रता लिइरहेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एउटा प्रमुख पद जितेको छ भने ११ वटामा अग्रता लिएको छ।   उपप्रमुख पदमा २ वटामा विजय हासिल गरेको लोसपाले ८ स्थानमा अग्रता कायम भने गरिरहेको छ।   

नेपाल मजदुर किसान पार्टीलगायत अन्य विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले १९ पालिकाको प्रमुखमा विजय हासिल गर्दा १३ स्थानमा अगाडि देखिएका छन्।

पालिका उपप्रमुखमा पनि १२ स्वतन्त्र उम्मेदवारले जितिसक्दा ५ स्थानमा अग्रता लिइरहेका छन्।

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्