Kathmandu Press

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी 

अध्यक्ष निर्वाचित यादवले  ६ हजार ८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टी नेपालका करम हुसेनले ३ हजार ८ सय ८ मत प्राप्त गरे।
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी 

काठमाडौं, जेठ ५ : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। बिहीबार सकिएको मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका उमेशचन्द्र यादव  विजयी भए भने उपाध्यक्षमा कांग्रेसकै मानकुमारी चौधरी निर्वाचित भएकी छन्। 

अध्यक्ष निर्वाचित यादवले  ६ हजार ८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टी नेपालका करम हुसेनले ३ हजार ८ सय ८ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा विजयी चौधरीले ५ हजार ८ सय ५५ मत प्राप्त गर्दा जनता प्रगतिशील पार्टी नेपालकी अञ्जुकुमारी चौधरीले ४ हजार २ सय ९ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्