Kathmandu Press

घोडाघोडी प्रमुखमा एकीकृत समाजवादीका रावत निर्वाचित

कैलाली, जेठ ५ : कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका खड्क रावत निर्वाचित भएका छन्। उनी एमालेका ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा...
घोडाघोडी प्रमुखमा एकीकृत समाजवादीका रावत निर्वाचित

कैलाली, जेठ ५ : कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका खड्क रावत निर्वाचित भएका छन्। उनी एमालेका ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन्।

रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी चौधरीले ८ हजार २ सय ४१ मत प्राप्त गरे। उपप्रमुखमा कांग्रेसका गुलियाकुमारी चौधरी विजयी भएकी छन्।

उनले १२ हजार २ सय ७० मत प्राप्त गरेर विजयी हुँदा एमालेका करुण बम बटलाले ६ हजार ९ सय ६३ प्राप्त गरे।

कैलालीका १३ पालिकामध्ये घोडाघोडी नगरपालिकासहित आठ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्