Kathmandu Press

ललितपुरकाे गोदावरीमा मेयर-उपमेयरमा कांग्रेस विजयी

ललितपुर, जेठ ५ : ललितपुरकाे गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन्।प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी...
ललितपुरकाे गोदावरीमा मेयर-उपमेयरमा कांग्रेस विजयी

ललितपुर, जेठ ५ : ललितपुरकाे गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन्।

प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन्। प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी २०७४ मा पनि विजयी भएका थिए।

प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाएका छन्।

उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमी प्रधानांगले १३ हजार ४४ मत पाएकी छन्। 

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्