Kathmandu Press

पर्वतको विहादी गाउँपालिकामा कांग्रेसको जित, उपाध्यक्षमा माओवादी 

विहादीको ६ वडाबाट ७ हजार मत खसेकोमा विजयी गुरुङले ३ हजार ४ सय ६९ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमप्रसाद कुंवरले २ हजार ९ सय ३७ मत मात्र प्राप्त गरे।
पर्वतको विहादी गाउँपालिकामा कांग्रेसको जित, उपाध्यक्षमा माओवादी 

काठमाडौं, जेठ ५ : पर्वतको विहादी गाउँपालिकामा नेपाली कांग्रेसले जीत निकालेको छ । कांग्रेसका तर्फबाट पालिका अध्यक्ष पदमा परवीन गुरुङ विजयी भएका छन् । 

विहादीको ६ वडाबाट ७ हजार मत खसेकोमा विजयी गुरुङले ३ हजार ४ सय ६९ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमप्रसाद कुंवरले २ हजार ९ सय ३७ मत मात्र प्राप्त गरे । कुंवरलाई गुरुङले ५ सय ३२ मतले पछि पारेका हुन् । गुरुङ यसअघिको निर्वाचनमा एमालेका कमल भुषालसँग पराजित भएका थिए । हाल उनि नेपाली कांग्रेस पर्वतको प्रदेश ‘ख’का सभापति छन् ।

उता पालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका सन्तबहादुर गुरुङ (सविन)लाई पछि पार्दै एमालेकी मिना तिवारी विजयी भएकी छिन् । तिवारीले ३२ सय २७ मत पाउँदा सविनले ३ हजार ५० मत पाए । 

विहादीको ६ वडा मध्य एमालेले १,३ र ५ नं वडा अध्यक्ष एमालेले जित्न सफल भयो भने कांग्रेसले २ नं र ४ नं वडा जित्दा माओवादी केन्द्रले ६ नं वडा जितेको छ । ३ नं र ५ नं वडा एमालेले क्लिनस्विप गर्दा अन्य वडामा भने कांग्रेसले धेरै सदस्य जित्न सफल भएको छ । पर्वतका ७ स्थानीय निकाय मध्री कांग्रेसले ५ स्थानमा जीत निकालेको छ भने एमालेले २ पालिकाको प्रमुख जितेको छ ।

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्