धनुषाधामको मेयर र उपमेयर दुबैमा कांग्रेस विजयी
जनकपुरधाम, जेठ ५ : धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।कांग्रेसका बालेश्वर मण्डल ४ हजार ७१८ मत ल्याएर मेयरमा निर्वाचित...
जनकपुरधाम, जेठ ५ : धनुषाको धनुषाधाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका बालेश्वर मण्डल ४ हजार ७१८ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याए ।
उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भइन् । उनी ४ हजार ७५८ मत ल्याएर निर्वाचित भएकी हुन् । नेकपा एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ९३३ मत प्राप्त गरिन् ।
प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











