Kathmandu Press

सुर्खेतका भेरीगङ्गामा एमाले, चौकुनेमा माओवादी विजयी

सुर्खेत, जेठ ५ : सुर्खेतको भेरीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा एमालेका...
सुर्खेतका भेरीगङ्गामा एमाले, चौकुनेमा माओवादी विजयी

सुर्खेत, जेठ ५ : सुर्खेतको भेरीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा एमालेका यज्ञप्रसाद ढकाल र उपप्रमुख पदमा धनसरा बोहरा निर्वाचित भए ।

ढकालले १० हजार २२ र उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका रामबहादुर सिंहले नौ हजार ७९७ मत प्राप्त गरे । उपप्रमुखमा विजयी बोहराले नौ हजार ६१४ र उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरेन्द्रबहादुर कार्कीले आठ हजार ९१३ मत प्राप्त गरे । भेरीगङ्गामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख–उपप्रमुख दुवै पद कांगे्रसले जित हासिल गरेको थियो।

पश्चिम सुर्खेतमा पर्ने चौकुने गाउँपालिकामा कांगे्रस–माओवादी केन्द्रका साझा उम्मदेवार विजयी भएका छन्। अध्यक्षमा माओवादी केन्द्रका खड्क विक र उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोला निर्वाचित भए ।अध्यक्षमा निर्वाचित विकले एमालेका हरिप्रसाद अधिकारीलाई दुई हजार मत अन्तरले पराजित गर्दै पाँच हजार ४७६ मतले विजयी भए । 

अधिकारीले तीन हजार ४१४ मत प्राप्त गरे। उपाध्यक्षमा विजयी बान्तोलाले चार हजार ७९१ तथा उनका निकटतम प्रतिद्वन्द्वी निर्मला राना मगरले तीन हजार नौ मत प्राप्त गरे । राना निवर्तमान उपाध्यक्ष हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमाले विजयी भएको थियो।

जिल्लाका नौमध्ये वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकामा मत परिणाम सार्वजनिक हुन बाँकी छ। त्यहाँ मतगणना जारी छ । दुवै गाउँपालिकाको मुख्य पदमा एमालेको अग्रता कायमै छ। 

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्