Kathmandu Press

जितपुरसिमरामा माओवादीका पौडेल निर्वाचित, उपमेयरमा एमालेका अधिकारी 

काठमाडौं, जेठ ५ : बाराको जितपुरसिमराको मेयरमा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पौडेल १८ हजार ७४३ मतसहित...
जितपुरसिमरामा माओवादीका पौडेल निर्वाचित, उपमेयरमा एमालेका अधिकारी 

काठमाडौं, जेठ ५ : बाराको जितपुरसिमराको मेयरमा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पौडेल १८ हजार ७४३ मतसहित मेयर निर्वाचित भएका हुन्। 

मेयरमा एमालेका उम्मेदवार सरस्वती देवी चौधरी १७ हजार ७७९ मत सहित पराजित भइन्। यहाँ लोकतान्त्रिक समाजवादीका संजय कुमार साहले ५ हजार ३८२ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका १ हजार ३०२ मत पाए ।

उपमेयरमा भने एमालेका भोला प्रसाद अधिकारी निर्वाचित भए । उनले १७ हजार ४९२ मत ल्याए भने कांग्रेसकी मेघा शाहीले १५ हजार  ८४२ मत पाइन् भने लोसपाका विपि मोक्तान ५ हजार २७ मत पाए भने राप्रपाकी सुष्मा मिश्रले २ हजार २३१  मत पाइन् ।
 

प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्