फ्रान्कफर्टले जित्यो युरोपा लिग
काटठमाडाैं, जेठ ५ : युरोपा लिगको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ। स्पेनको सेभियामा बुधबार राति भएको फाइलनमा स्टकटिस क्लब रेन्जर्सलाई पेनाल्टी सुटआउटमा...
काटठमाडाैं, जेठ ५ : युरोपा लिगको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ। स्पेनको सेभियामा बुधबार राति भएको फाइलनमा स्टकटिस क्लब रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ले हराउँदै फ्रान्कफर्टले उपाधि जितेको हो।
२५ वर्षपछि जर्मन क्लबले युरोपा लिग उपाधि जितेको हो । सन् १९९७ साल्केले युरोपा लिग जितेको थियो।
निर्धारित समय र थप गरिएको समयका खेल १–१ गोलको बराबरीमा निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा फ्रान्कफर्टका राफायल सान्तोष, फिलिप कोस्टिक, दाइची कामडा, एडिन ह्रुस्टिक र क्रिस्टोफर लेन्जले गोल गरेका थिए ।
भने रेन्जर्सका केमार रोफ, स्कोट आर्फिल्ड, स्टेभेन डेभिस र जेम्स टाभेनरले गोल गर्दा स्टार खेलाडी स्टार खेलाडी आरोन राम्सी गोल गर्न चुके । उनको प्रहार फ्रान्कफर्टका गोलकिपरले रोकेका थिए।
खेलमा अग्रता रेन्जर्सले लियो । पहिलो रहित बराबरीमा सकिएको खेलमा ५७औं मिनेटमा जोइ अरिबोले रेन्जर्सलाई अग्रता दिलाएका थिए। तर, ६९ औं मिनेटमा राफेल सान्तोसको गोलमा फ्राकफर्टले खेलालाई बरारबीमा ल्याएको थियो ।











