Kathmandu Press

धादिङको नीलकण्ठमा गठबन्धन विजयी : मेयरमा ढुंगाना, उपमेयरमा विश्वकर्मा निर्वाचित 

नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी हुँदा उपमेयरमा माओवादी केन्द्रका युवा नेता दीपक विश्वकर्मा निर्वाचित भए । 
धादिङको नीलकण्ठमा गठबन्धन विजयी : मेयरमा ढुंगाना, उपमेयरमा विश्वकर्मा निर्वाचित 

काठमाडौं, जेठ ५ : धादिङको नीलकण्ठ नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले जित हासिल गरेको छ । नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी हुँदा उपमेयरमा माओवादी केन्द्रका युवा नेता दीपक विश्वकर्मा निर्वाचित भए । 

बुधबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा निर्वाचित ढुंगानाले १३ हजार ६७५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ६८४ मत ल्याइन् । ढुंगाना नीलकण्ठकै निवर्तमान मेयरसमेत हुन् । ०७४ को निर्वाचनमा उनी लोकप्रिय मतका साथ नगरपालिकाको मेयर निर्वाचित भएका थिए । 

उपमेयरमा १ हजार २२३ मतान्तरले विश्वकर्मा निर्वाचित भएका हुन् । उनी ९ हजार ३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फन्द्रा तामाङले म७ हजार ७८० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएकी कल्पना अधिकारीले ४ हजार ३७१ मत ल्याइन्। 

अघिल्लो निर्वाचनमा पनि नीलकण्ठमा माओवादी र कांग्रेसले तालमेल गरेका थिए । 


 

प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्