काठमाडौंमा ५४ हजार मतगणना, कसले कति पाए?
काठमाडौं महानगरपालिकामा ६ दिनदेखि जारी मतगणनामा आज बिहानसम्म ५४ हजार ४६६ मत गणना भएका छन्।
काठमाडौं, जेठ ५ : काठमाडौं महानगरपालिकामा ६ दिनदेखि जारी मतगणनामा आज बिहानसम्म ५४ हजार ४६६ मत गणना भएका छन्।
राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी रहेको छ। आज छैटौं दिनसम्म पुग्दा २७ प्रतिशत मतगणना भएका छन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २१ हजार २२९ मत पाएका छन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले १० हजार ८६२ मत पाएका छन्।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५ मत पाएकी छन्।
अहिलेसम्म पाँच वडाको मतगणना सकिएको छ भने अन्य वडामा मतगणना जारी रहेको छ। काठमाडौंमा एक लाख ९१ हजार १८६ मत खसेका थिए।
प्रकाशित मिति: ०८:५२ बजे, बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











