पोखरामा अग्रता बढाउँदै गठबन्धनका धनराज आचार्य
पोखरा, जेठ ५ : पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन्।आज बिहानसम्म ४७ हजार ४६६ मत गणना भएका छन्।...
पोखरा, जेठ ५ : पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन्।
आज बिहानसम्म ४७ हजार ४६६ मत गणना भएका छन्। मेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार आचार्यले १९ हजार ६१५ मत पाएका छन्।
त्यस्तै, उनका प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णबहादुर थापाले १७ हजार ५१२ मत पाएका छन्।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार दुई मत पाएकी छन्। गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत पाएकी छन्।
प्रकाशित मिति: ०८:२४ बजे, बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











