Kathmandu Press

भरतपुरमा तीन हजार मतले रेणुको अग्रता

भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
भरतपुरमा तीन हजार मतले रेणुको अग्रता

काठमाडौं, जेठ ५ : भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

आज बिहानसम्मको मतगणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार दाहालले तीन हजार मतको अग्रता कायम गरेकी छन्। उनले १४ हजार ७६६ मत पाएकी छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले ११ हजार ७६५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन्।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी १७ हजार ९६ मत पाएका छन्। प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत नौ हजार ५०१ मत पाएकी छन्।

भरतपुरमा आज बिहानसम्म ३८ हजार ८६४ मतगणना भएका छन्।

 

प्रकाशित मिति: ०७:४४ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्