जितपुर सिमरामा माओवादीका पौडेल विजयी
काठमाडौं, जेठ ५ : बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजन पौडेल विजयी भएका छन्।गएराति सम्पन्न मतगणनामा सत्तारुढ गठबन्धनबाट...
काठमाडौं, जेठ ५ : बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजन पौडेल विजयी भएका छन्।
गएराति सम्पन्न मतगणनामा सत्तारुढ गठबन्धनबाट मेयरको उम्मेदवार बनेका पौडेलले १८ हजार ७४३ मत पाए। उनका प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले १७ हजार ७७९ मत पाइन्।
त्यस्तै, उपमेयरमा एमालेका भोला अधिकारी निर्वाचित भएका छन्। उनले १७ हजार ४९२ मत पाए भने कांग्रेसकी मेघा शाही १५ हजार ८४२ मत पाइन्।
प्रकाशित मिति: ०६:५८ बजे, बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











