Kathmandu Press

विराटनगरमा गठबन्धनका उम्मेदवार ४२ मतले अगाडि

काठमाडौं, जेठ ५ : विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवारले ४२ सय मतको अग्रता लिएका छन्।बिहीबार बिहानसम्मको मतगणनाअनुसार, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश...
विराटनगरमा गठबन्धनका उम्मेदवार ४२ मतले अगाडि

काठमाडौं, जेठ ५ : विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवारले ४२ सय मतको अग्रता लिएका छन्।

बिहीबार बिहानसम्मको मतगणनाअनुसार, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता बढाएका हुन्। उनले १६ हजार ४५५ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का सागरकुमार थापाले १२ हजार २५५ मत पाएका छन्। शुरुआतमा तीव्र प्रतिस्पर्धा रहेको भए पनि बुधबारदेखि भने मतान्तर बढ्दै गएको छ।

 

प्रकाशित मिति: ०६:५२ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्