घोराही उपमहानगरमा एमाले उम्मेदवार निर्वाचित
घोराही, जेठ ५ : दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्।गएराति सम्पन्न मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै...
घोराही, जेठ ५ : दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्।
गएराति सम्पन्न मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका नरूलाल चौधरी र हुमाकुमारी डीसी निर्वाचित भएका हुन्।
चौधरीले नेकपा (माओवादी केन्द्र)का हेमराज शर्मालाई पराजित गरे। चौधरीले ३१ हजार ७२८ मत पाए भने माओवादीका शर्माले २६ हजार ३६८ मत पाए।
त्यस्तै, उपमेयरमा डिसीले नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीलाई पराजित गरेकी हुन्। डिसीले ३० हजार ४०३ मत पाइन् भने क्षेत्रीले ३० हजार ३५४ मत पाए।
प्रकाशित मिति: ०६:३७ बजे, बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











